शुभम पावरमा सकरात्मक सर्किट लाग्दा कुन कम्पनीले कति कमाए र गुमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख १६ हजारको कित्ता सेयर १ अर्ब १३ करोड ५० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शुभम पावरको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । सामलिङ पावरको ७.५८%, अप्पर स्यांगेको ६.७६%, अरुण काबेली पावरको ४.२२%, दोल्ती पावरको ३.९५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको १० प्रतिशतले नकरात्मक सर्किट लागेको छ । सुपरमादी हाइड्रोपावरको ७.२२%, हिमालयन उर्जा विकास कम्पनीको ६.९४%, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.८२%,अपर सोलु हाइड्रोको ५.७८ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स