नेपाल एसबीआई बैंकसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख १६ हजारको कित्ता सेयर १ अर्ब १३ करोड ५० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल एसबीआई बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ५६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ३५ लाख, एभरेष्ट बैंकको ४ करोड ५५ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड २९ लाख, सोल्टी होटलको २ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स