अर्थमन्त्री नै गर्जिएपछि बढ्न थाल्यो पुँजी बजार, १२/१३ प्रतिशत ब्याजमैे लगानीकर्ताले पाउन थाले सेयर धितोकर्जा

काठमाडौं । साउन ७ गते मौद्रिक नीति आएको भोलिपल्टदेखि पुँजी बजार निरन्तर रुपमा ओरालो यात्रामा छ । करिब डेढ महिनाको निरन्तर ओरोलो पछि २२४४.१३ अंक पुगेको नेप्से परिसूचक घट्दा १९२९.६६ सम्म आई नेप्सेले उकालो यात्रा सुरु गरेको छ ।

आइतबार र सोमबार दुबै दिन नेप्सेमा हरियाली छाएको छ । निरन्तर घटेको पुँजी बजारसँग सम्बन्धित रहेर नीति निर्माण हुने सदनमै छलफल चलेपछि र एक सांसदले लगानी गरेर लगानी सुरक्षित नहुँदा आत्महत्या नै गर्नु पर्ने पुँजी बजार बरु नीतिगत रुपमै नियम बनाएर बन्द गरिदिऊँ भने पछि अर्थमन्त्री डा.प्रकाश शरण महतले यस अभिव्यक्तिलाई विश्वस्त पार्दै हामी नीतिगत रुपमा छिट्टै नै पुँजी बजारको सुधारको लागि नीतिगत रुपमा लागि परेका छौं ।

पुँजी बजारको कारणले गर्दा समग्र अर्थतन्त्रलाई नै असर परेकोले गर्दा र सेयर धितोमा १२ करोडको अवरोधले गर्दा पुँजी बजार निरन्तर घटेको हो । र यो हटाउन र सम्बोधन गर्नको लागि नियामक निकायलाई निर्देशन पनि दिइसकेका छौं र राष्ट्र बैंकले छिट्टै नै आफ्नो पुर्नविचार गर्नुपर्छ भनेका थिए ।

राष्ट्र बैंकमा पनि २÷३ हप्ता अगाडिदेखिबाट १२ करोडको सीमा र रिक्स वटेज भारको सवालमा छलफल चलिरहेको र प्राकृतिक व्यक्ति र कम्पनीको हकमा रिक्स वटेज र १२ करोडको सीमा पुर्नविचार गरी फरक फरक मापदण्ड हुनुपर्छ भनि छलफल चलिरहेको र छिट्टै नै यस सम्बन्धी क्षेत्रको निष्कर्ष आउने छ भने उच्च स्रोतले बताएको छ ।

त्यसैगरी आगामी असोज महिनामा निक्षेपको ब्याजदर नबढ्ने र लोनको ब्याजदर घटाउँदै लगेको कारण पनि पुँजी बजारमा यसको सकारात्मक प्रभाव परेको देखिन्छ । यसै गरी पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पनि ब्रोकर कमिशन घटाउने, डिपी शुल्क, आईपीओ तथा राइट सेयर सम्बन्धी नीतिगत सुधार गरी लगानीकर्तालाई आश्वस्त बनाउने र कमजोर कम्पनीहरूलाई राइट र आईपीओमा अंकुश लगाउने नीतिगत छलफलले पनि समग्र पुँजी बजारमा नीतिगत सुधारको आवास दिलाएको छ । जसले लगानीकर्ताको मनोबल वृद्धि गरेको बुझ्न सकिन्छ ।

अहिले लाभांश बाड्ने सिजन भएकोले पनि सेयर बजारमा बढ्न थालेको हो । बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीले समेत धमाधम लाभांश घोषणा गर्न थालेका कारणले पनि सेयर बजार बढ्न सघाएको हो । यसका साथै चाडपर्व नजिकिएको र यति बेला वर्षभरि भित्र्ने रेमिट्यान्सको ४० प्रतिशत रकम भित्र्ने भएकोले पनि तरलता सहज हुँदा ब्याज नबढ्ने र ब्याज नबढ्दा लगानीकर्तालाई सहज हुने भएकोले बजार बुलिस ट्रेण्डमा देखिएको हो ।

त्यसैगरी बैंकहरूले पनि नयाँ कर्जा प्रवाहको लागि अन्य क्षेत्रभन्दा पुँजी बजार नै सहज र नीतिगत रुपमा कर्जा प्रवाह गर्न सहज भएको हुँदा बैंकहरूले सेयर धितोकर्जा बोलाइ बोलाइ दिन थालेका छन् । विगतमा १६÷१७ प्रतिशतसम्म सेयर धितोकर्जामा दिएको लोनलाई पनि हाल आएर बैंकले १२÷१३ प्रतिशतमा ब्याजदर समायोजन गरिदिन थालेका छन् । जसले गर्दा लोन ब्याजको मारमा च्यापिएका लगानीकर्तालाई केहि राहत महसुस भएको छ ।

बैंकमा निरन्तर निक्षेप थपिदा अन्य क्षेत्रमा लोनको माग नहुनाले पनि बैंकको लगानीको क्षेत्र तत्कालका लागि सेयर धितोकर्जा नै रहेको देखिन्छ । जसको कारणले लगानीकर्ताहरूमा सकारात्मक सन्देश गएको छ । जसले लगानीकर्ताहरूको मनोबललाई वृद्धि गरिरहेको छ भने स्वयम अर्थमन्त्री महतले पनि अर्थतन्त्रलाई चलायमान बनाउन हाल भइरहेका अर्थसचिव र मन्त्रालयमा भएको टिमले उल्लेखनीय सफलता हासिल गर्न सकेन ।

अर्थसचिव सहित पुरै टिम परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउन सक्षम र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिइ अर्थतन्त्र चलायमान बनाउन लागि परेको विषयले पनि सेयर बजारमा सकारात्मक सन्देश दिएको छ । जसको फलस्वरुप ४४.३१ अंकले नेप्से परिसूचक बढेर १९८६.९९ अंकमा बन्द भएको छ । आजको यो वृद्धि साउन ७ गतेपछिको सबैभन्दा धेरै हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स