काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ ।
लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँबराबरको एफपीओ निष्काशनका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिएको हो ।
बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ निष्काशन गर्ने छ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।