काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक फाइनान्स कम्पनीको ४० हजार कित्ताबढी कित्ता सेयर सूचीकृत भएको छ ।
आइतबार नेपाल फाइनान्सको लिलामीमा बिक्री गरिएको अवितरित हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।
नेपाल फाइनान्सले केही समयपहिले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री गरेको थियो। जसमा बिक्री हुन नसकेको हकप्रद लिलामीमा राखिएको थियो।
सोही लिलामी प्रक्रियामार्फत बिक्री भएको हकप्रद सेयर आज नेप्सेमा थपिएको हो।