ज्योति क्यापिटलको लाभांश पारित, सेयर धनीलाई बाड्न २ करोड २१ लाख छुट्यायो

 

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले १०.५२ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीको बिहीबार सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । चुक्ता पुँजी १०.५२ प्रतिशतले हुन आउने २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको सेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

कारोवार संचालनको अनुमति पाएको ३ महिना भन्दा कम समयमा नै यस क्यापिटलले ६३.५९ लाख रुपैयाँको आयकर तथा ३.७२ लाख रुपैयाँ बराबर अन्य कर गरी जम्मा ६७.३१ लाख रुपैयाँ कर मार्फत राज्यको समृद्धिमा योगदान पुर्याएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स