आज लिबर्टी इनर्जीसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ६९ हजारको कित्ता सेयर १ अर्ब १५ करोड ९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लिबर्टी इनर्जीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ४ करोड १ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ७७ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड १४ लाख, सिद्वार्थ बैंकको ३ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स