काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनसम्म ८९ लाख ३४ हजार कित्ताबढी आवेदन परेको छ ।
आइतबार साँझ ५ः१२ बजेसम्ममा ७ लाख ८४ हजार ९०५ जना आवेदकले ८९ लाख ३४ हजार ५५० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । कम्पनीको आईपीओमा २ अर्ब १८ करोड ५२ लाख ३० हजार २०० रुपैयाँ संकलन भएको छ।
कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
लगानीकर्ताले कम्पनीको आईपीओमा छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले यस अघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि रहेको छ ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो।