सोल्टी होटलसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजार गिरावट छ ।

आइतबार, नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ५३ हजारको कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ८८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख, सिटी होटलको ३ करोड ७४ लाख, माछापुच्छ्रे बैंकको ३ करोड ४९ लाख, एभरेष्ट बैंकको ३ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स