भगवती हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने, ७१ हजार २२२ जनाले १० कित्ता सेयर पाउने

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको आईपीओ भदौ १८ गते सोमबार बिहान ९ः३० बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले भदौ ५ गतेबाट भदौ ८ गतेसम्म सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अकिंत दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले सेयर निष्काशन गरेको थियो।

कम्पनीले कुल ८ लाख ५८ हजार ९७ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्टाएको छ। बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका छन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख ८८ हजार ११५ आवेदकले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताको लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ७ लाख १२ हजार २२० कित्ता सेयरको २१.४८ गुणा बढी हो।

कम्पनीको सेयरमा आवेदन दिने ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने १३ लाख भन्दा बढी आवेदकको हात खाली हुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स