माण्डु हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ८ गुणाबढी आवेदन परेको छ । बुधबार साँझ ५ः१२ बजेसम्ममा ९ लाख ८० हजार ५३ जनाले १ करोेड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको १२ लाख ५ हजार ३ सय २० कित्ता सेयरको ८.८७ गुणा हो ।

कम्पनीले भदौ १० गतेदेखि आज भदौ १३ गतेसम्म सर्वसाधारणलाई १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसअनुसार भाग्यमानी १ लाख २५ हजार ३२ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स