श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैकिंङ

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैकिंङलाई नियुक्त गरेको छ ।

श्रीनगर एग्रीटेकले आफ्नो जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मुल्य १०० रूपैयाँ दरको १३ करोड रकम बराबरको १३ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

श्रीनगर एग्रीटेकले श्रीनगर एग्रो फार्मको स्थापना बाट व्यवसाय सुरु गरेको थियो । फार्म अन्तर्गत ह्याचरी तथा ब्रीडरबाट कुखुराको चल्ला उत्पादन गर्ने गरेको छ । दाना तथा आहारको उत्पादनको कार्य सुरु गर्दै कम्पनीले शुद्दोधन–४ रुपन्देहीमा दाना कारखाना, व्यवसायिक कृषि फार्म स्थापना गरेको छ र पाल्पाको तेल्घामा ब्रिडर फार्म संचालनमा ल्याएको छ ।

कम्पनीले व्यापार विस्तारको क्रममा वुटवल, रुपन्देहीमा वद्यशालाको स्थापना गर्ने योजना गरेको छ । कम्पनीले भविष्यमा प्रशोधित मासु उपभोत्तामाझ ल्याउनको लागि प्रशोधन केन्द्र तथा शितभण्डारको स्थापना गर्ने योजना राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स