काठमाडौं । सोमबार, नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ अंक विन्दुमा आइपुगेको छ ।
आज ३६ लाख ७० हजारको कित्ता सेयर ९८ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, कुथेली बुखरीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । लक्ष्मी सनराईज बैंकको ४.७१%, सिटि होटलको ४.४८%, न्यादी हाईड्रोपावरको ४.२३%, माछापुच्छे्र बैंकको ३.३२%, सिटिजन म्युचल फण्ड २को ३.२९%, हिमालयन लघुवित्तको ३.१९%, जनउत्थान लघुवित्तको २.९१%, आरएसडिसी लघुवित्तको २.९१%, हिमाल दोलखाको २.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तको ४.३८%, मनकामना स्मार्ट लघुवित्तको ३.५५%, मिर्मिरे लघुवित्तको ३.४२%, ग्लोबल आइएमई फण्ड १ को ३.३४%, पिपुल्स पावरको ३.२१%, पिपुल्स हाइड्रोपावरको २.७४%, नेशनल लघुवित्तको २.६३%, मल्टिपर्पोस फाइनान्सको २.५६%, इन्ग्वा हाइड्रोपावरको २.५५% र अरुण काबेलीको २.४८ प्रतिशतले सेयरमूल्य घटेको छ ।