लक्ष्मी सनराइज बैंकसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ७० हजारको कित्ता सेयर ९८ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लक्ष्मी सनराइज बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ३१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ४ करोड ९८ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख, घोराही सिमेन्ट्सको २ करोड ५१ लाख, शिवम् सिमेन्ट्सको २ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स