काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंकको सेयर सूचीकृत भएको छ । आइतबार लक्ष्मी सनराइज बैंकको नाममा कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्ज भएपश्चात उक्त सेयर लक्ष्मी सनराइज बैंकको नाममा सूचीकृत भएको हो ।
नेप्सेले मर्जरपछिको पहिलो कारोबार लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
योसँगै,भोलि सोमबारबाट यही मूल्यबाट बैंकको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ।
साबिक लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। यी दुवै बैंकले गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए।