काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २०.५४ अंकले घटेर १९९३.३८ अंक विन्दुमा आइपुगेको छ ।
आज ३८ लाख ९५ हजारको कित्ता सेयर १ अर्ब २६ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९५ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ४६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख, सोल्टी होटलको ४ करोड ९३ लाख, घोराही सिमेन्ट्सको ४ करोड ९० लाख, माछापुच्छ्रे बैंकको ३ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।