काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २५ वटा सूचीकृत कम्पनीहरूको सेयर कारोबार रोक्का गरेको छ ।
नेप्सेले सम्बन्धित कम्पनीको आग्रहसँगै बदमासी गर्ने र सूचीकृत भएर लामो समयसम्म कारोबार नगर्ने कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
हाल नेप्सेमा कारोबार रोक्का र ‘डिलिस्टेड’ सहित गरी २ सय ५ कम्पनीहरु सूचीकृत भइसकेका छन् । सोमध्य नेप्सेले १ सय ७७ कम्पनीलाई डिलिस्टिङ गरिसकेको छ भने २५ वटाको कारोबार रोक्का गरेको छ । पछिल्लो तथ्यांकअनुसार सूचीकृत कम्पनी मध्ये २ सय ३० वटा कम्पनीको मात्रै सेयर कारोबार गर्न मिल्छ ।
नेप्सेले कारोबार रोक्का गरेका कम्पनीहरुमा अधिकांश मर्जर तथा प्राप्तीको प्रक्रियाका कारण कम्पनीहरू छन् । नेप्सेले कारोबार रोक्का गरेका कम्पनीहरूमा बैकिङ उपसमूह अन्तर्गत लक्ष्मी बैंक, सनराइज बैंक रहेका छन् । भने होटल समूह याक एण्ड यति होटल र बीमा समूहबाट प्रभु लाइफ इन्सोरेन्स रहेका छन् । त्यस्तै अन्य कम्पनीहरूमा हिमालयन फाइनान्स लिमिटेड, क्रिष्टल फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक तथा फाइनान्स रहेका छन् ।
नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने भाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को व्यवस्था अनुसार मर्जरको सम्झौता पछि कारोबार रोक्का गरेको हो । नेप्सेले कारोबार रोक्का गरेको २५ कम्पनीमध्ये उत्पादन तथा प्रशोधन समूहत, व्यापार समुह होटल र अन्य समूहका कम्पनीहरूको पनि सेयर कारोबार रोक्का गरेको हो ।
नेपाल फिल्म डेभलमेन्ट कम्पनी, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वेलफेयर कम्पनी, नेपाल सेयर मार्केट, नेपाल बनस्पति घ्यू उद्योग, लघुपति जुटमिलको सेयर कारोबार नेप्सेले रोक्का राखेको हो । नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वेलफेयर कम्पनी, अन्य समूहको नेपाल फिल्म डेभलपमेन्ट कम्पनी र होटल समुहको याक एण्ड यति होटललाई सूचीकरणबाट हटाउने तयारी गरेको हो ।
यी कम्पनीहरु नेप्सेमा सूचीकृत भएर लामो समयसम्म सम्पर्कमा नआएको र सूचीकरण शुल्क समेत नबुझाएको हुँदा कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेमा सूचीकृत भएका र सूचीकरण भएर पनि सो अनुसारको शुल्क नबुझाउँदा पनि कारोबार रोक्कामा पर्छन् भने केही अप्रेशन नै रोकिएर कारोबार गर्न नसक्ने कम्पनीको पनि कारोबार रोक्का राखिएको हो । नियमित कारोबार गर्न नसक्ने कम्पनीहरुलाई अब ‘डिलिस्टेड’ प्रक्रिया सुरु गरिने छ ।
नेप्सेले सूचीकृत कम्पनीहरूमध्ये सम्पर्कमै नरहेका र मर्जर तथा प्राप्तीमा गएर अस्थित्व गुमाएका १ सय ७७ कम्पनीलाई डिलिस्टिङ गरेको छ । हाल कारोबार रोक्का गरिएका कम्पनीहरुमध्य पनि धेरै पुराना कम्पनीहरू सम्पर्कमै नरहेका दर्जन बढी कम्पनीलाई नेप्सेले सूचीकरणबाट हटाउने तयारी गरेको उनले बताए ।
‘कतिपय अस्थित्वमै नरहेका कम्पनीहरू पनि छन्, कारोबार रोक्का गरी पहिलो चरणमा ती कम्पनीहरूलाई पत्र पठाएर कारोबार नगर्नुको कारण सोधिन्छ । सूचीबाट नहटाउनु पर्ने कारण माग हुन्छ । त्यसपछि राज्यलाई कर नतिर्नेे, फार्म अडिट नगर्ने कम्पनीहरू जो कारोबारमा आउँनै सक्दैनन् भने सूचीकृतमा राखेर मात्रै काम नहुने नेप्सेले जानकारी दिएको छ ।
नेप्सेमा सूचीकृत मध्ये उत्पादन तथा प्रशोधन समूह अन्तरगर्तका धेरै कम्पनी डिलिस्टिङ गर्नु पर्ने बताएको छ ।
नेप्सेले उत्पादन तथा प्रशोधन समूहका हरिसिद्धि ब्रिक, नेपाल खाद्य कम्पनी, रघुपति जुट मिल्स, बुटवल स्पिङ मिल्स, गोर्खा रबर उद्योग, अरुण बनस्पति, श्री भृकृटी, श्री राम सुगर मिल्स लगायत कम्पनी रहेका छन् ।