शिवम् सिमेन्टले सेयरधनीलाई हालसम्मकै उच्च लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीलाई हालसम्मकै उच्च लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । जुन हालसम्मकै उच्च लाभांश मानिएको छ ।

कम्पनीले अघिल्लो वर्ष २४.२१ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।

कम्पनीले कात्तिक १६ गतेका लागि साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक बर्ष १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स