दरमखोला हाइड्रो इनर्जीले ३९ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्काशनको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले आईपीओ निष्काशनका लागि अनुमति माग गरेको छ ।

कम्पनीले आईपीओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो।

कम्पनीले ३९ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स