सोल्टी होटलसहित यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४६ लाख ५७ हजारको कित्ता सेयर १ अर्ब ५५ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ८७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, घोराही सिमेन्ट्सको ६ करोड ९४ लाख, शिवम् सिमेन्ट्सको ५ करोड १६ लाख, एनआईसी एसिया बैंकको ५ करोड १५ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स