मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुुस् नतिजा

काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आईपीओ बाँडफाँट गरेको जनाएको छ ।

कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १०० अंकित मूल्यमा ७४ हजार ८४० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता सेयरको लागि आवेदन परेको थियो । योमध्ये विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट प्राप्त ५८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको थियो ।

कम्पनीको आईपीओ नतिजा https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स