नेप्सेमा हरियाली छाउँदा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ अंक विन्दुमा आइपुगेको छ ।

आज ४२ लाख ३७ हजारको कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुथेली बुखेरी स्मल हाइड्रोपावरको ९.९९ प्रतिशतले सर्किट लागेको छ । ग्लोबल आईएमई ब्यालेन्स फण्डको ९.६४%, लिबर्टी इनर्जीको ९.४५%, दोल्ती पावरको ८.८६%, माया खोला हाइड्रोपावरको ८.४७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिटिजन्स् सुपर म्यूचल फण्डको ७.४२%, एनएमबी डिभेन्चरको ४.०१%, नेपाल एसबीआई बैंक डिभेन्चरको ३.९४%, जनउत्थान सामुदायिक लघुवित्तको ३.५२%, स्वाभिमान लघुवित्तको २.४६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स