सेबोनद्वारा सनी सेक्युरिटिजलाई धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्रदान

काठमाडौं । सनी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२) ले धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ। बुधबार धितोपत्र बोर्डले कम्पनीलाई धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जीन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ। २०६४ सालमा १ करोड ६० लाख चुक्तापुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापुँजी वृद्धि गर्दै हाल आफ्नो चुक्तापुँजी ६० करोड पुर्याई सम्पूर्ण ग्राहकमा उच्चतम सेवासुविधा दिँदै आएको छ।

कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स लिने क्रममा कम्पनीलाई साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण नियामक निकाय, सेयर लगानीकर्ता, शुभेच्छुक तथा ग्राहकमा आभार व्यक्त गरेका छन्। उनले भने, ‘पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको छ। अब हामी थप जिम्मेवार बन्दै सम्पूर्ण सेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्नेछौं।’

कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको पनि पौडेलले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स