भदौ १३ गते सिद्धार्थ इक्विटी फन्ड र इम्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को बुक क्लोज

काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले बुक क्लोज मिति तय गरेका छन् । दुबै फन्डको बुक क्लोज भदौ १३ गते हुन लागेको हो । भदौ १२ गतेसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

दुवैले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् । सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले करसहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने क्यापिटलले जानकारी गराएको छ । इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ एक महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको हो । यी फन्डलाई सिद्धार्थ बैंकले प्रवर्द्धन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स