भगवती हाइड्रोपावरको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनमै ४.८० गुणाबढी आवेदन परेको छ ।

कम्पनीको आईपीओमा ३ लाख १ हजार ८ सय ७५ आवेदकले ३४ लाख २२ हजार २० कित्ताको लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ७ लाख १२ हजार २२० कित्ता सेयरको ४.८० गुणा बढी हो।

कम्पनीले आज भदौ ५ गतेबाट सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अकिंत दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले सेयर निष्काशन गरेको छ।

कम्पनीले कुल ८ लाख ५८ हजार ९७ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ८५ हजार ८१० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ भने ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १७ हजार १६२ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्टाएको छ। बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकोले भदौ ८ गते सम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स