नेप्सेमा हरियाली छाउँदा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख ३१ हजारको कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुथेली बुखेरी स्मल हाइड्रोपावरको ९.९८ प्रतिशतले सर्किट लागेको छ । इग्वा हाइड्रोपावरको ८.९१%, माई खोला हाइड्रोपावरको ८.९०%, मकर हाइड्रोपावरको ८.४२%, छ्याङदी हाइड्रोपावरको ८.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, लक्ष्मी लघुवित्तको ४.४२%, सामुदायिक लघुवित्तको ४.१९%, आइसीएफसी फाइनान्सको ४.०३%, वीन लघुवित्तको २.२३%, बलेफी हाइड्रोपावरको २.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स