नेप्से १७ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख ३१ हजारको कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुमारी बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको ५ करोड ४१ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ६२ लाख, सोल्टी होटलको ४ करोड १४ लाख, घोराही सिमेन्ट्सको ३ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स