नेशनल हाइड्रोपावरको साढे १३ लाख बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले साढे १३ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको सर्वसाधारण समुहतर्फको १३ लाख ३६ हजार ७ सय ४२.७१७८ कित्ता सेयर लिलाम गर्न लागेको हो ।

कम्पनीले भदौ १३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको हो। उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्ने छ। अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ।

उक्त लिलामीको सेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स