काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक १२.९३ अंकले घटेर १९९८.२८ अंक विन्दुमा आइपुगेको छ ।
आज ४१ लाख ६३ हजारको कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड २ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख, सोल्टी होटलको ५ करोड ७८ लाख, घोराही सिमेन्ट्सको ५ करोड ६ लाख, हिमालयन डेष्टिलरीको ४ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।