सन नेपाल लाइफ इन्सोरेन्सको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सन नेपाल लाइफ इन्सोरेन्सको आईपीओमा १.८१ गुणाबढी आवेदन परेको छ । आइतबार साँझ ५ः११ बजेसम्म १२ लाख २१ हजार १४२ जना आवेदकहरुले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको ७६ लाख ८० हजार कित्ता सेयरको १.८१ गुणा बढी हो ।

कम्पनीले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कम्पनीको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सले सोमध्ये ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । सोपश्चात बाँकी भएको ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स