ठूलो खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । ठूलो खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले निकट भविष्यमा आईपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ।

आइतबार सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावरबीच आईपीओ बिक्री प्रबन्धक नियुक्तिका सम्बन्धमा सम्झौता भएको हो। सम्झौतामा ठूलो खोला हाइड्रोपावरका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

ठूलो खोला हाइड्रोपावरले निर्माण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा रहेको छ। यो आयोजना २२।५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स