काठमाडौं । आइतबार, नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ अंक विन्दुमा आइपुगेको छ ।
आज ४४ लाख ५९ हजारको कित्ता सेयर १ अर्ब ४४ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, फवार्ड माईक्रोफाइनान्सको ४.५७%, आरएसडिसी लघुवित्तको ४%, सानिमा लार्ज क्याप फण्डको ३.९७%, बलेफी हाइड्रोपावरको ३.७१%, जनउत्थान लघुवित्तको २.०७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, कृषि बैंक डिभेन्चरको १०%, अपर स्यांगे हाइड्रोपावरको ९.०२%, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिमको ८.४५%, ग्लोबल आईएमई लघुवित्तको ७.३१%, लिबर्टी इनर्जीको ६.७९ प्रतिशतले सेयर मूल्य घटेको छ ।