आईएमई लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज ४४ लाख ५९ हजारको कित्ता सेयर १ अर्ब ४४ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ६३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डेष्टिलरीको ४ करोड ६३ लाख, ज्योति विकास बैंकको ४ करोड ५२ लाख, सोल्टी होटलको ४ करोड ६ लाख, घोराही सिमेन्ट्सको ३ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स