मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले कम्पनीको आईपीओ आज भदौ ३ गते साँझ ५ः३० बजे बाँडफाँट गर्न लागेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९५ हजार ७० आवेदकबाट १ अर्ब ५४ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ९३ हजार ४३० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणलाई निष्काशन गरेको २२ लाख ७६ हजार ६२० कित्ता सेयरको ६.८० गुणा बढी हो ।

कम्पनीले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १६ हजार ६ सय २० कित्ता समेत थपेर सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार २ लाख २७ हजार ६६२ जनाले मात्रै सेयर पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स