काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको १२ लाख १८ हजार ६ सय ७५ कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १५९.६७ रुपैयाँ देखि ४७९.०१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । नेप्सेले कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ।
कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्छ। सोहीबमोजिम कम्पनीको सेयर पनि भोलि सोमबारबाट कारोबारमा आउने भएको छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।