नेप्से ८ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४० लाख ९ हजारको कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड ७१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सको ७ करोड ७९ लाख, घोराही सिमेन्ट्सको ५ करोड १६ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ४२ लाख, हिमालयन डेष्टिलरीको ३ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स