हिमालयन डेष्टिलरीसहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौंथो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ अंक विन्दुमा आइपुगेको छ ।

आज ४८ लाख ३८ हजारको कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८५ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ४१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोड १४ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९६ लाख,सोल्टी होटलको ५ करोड ९४ लाख, घोराही सिमेन्ट्सको ४ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स