अन्याय भयो, कानुनी उपचार खोज्छुः भिष्मराज ढुंगाना

काठमाडौं । बर्खास्तीमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना अदालत जाने भएको छ । आफूमाथि अन्याय भएको र त्यसको उपचार खोज्ने ढुंगानाले हाम्रोअर्थसँग बताए । यसका लागि उनी अदालत जाने तयारीमा छन् ।

मन्त्रिपरिषद्ले असोज १९ गते ढुंगानालाई बर्खास्त गरेको छ । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गरिएको हो ।
बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर जारी गर्न लागेको सर्बोत्तम सिमेन्टको सेयर ढुंगानाको परिवारका सदस्याको नाममा खरिद भएको खुलासासँग उनी विवादमा आएका थिए ।

त्यस विषयमा छानविन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ । छानविन प्रक्रियालाई निष्पक्ष बनाउनका लागि भनेर सरकारले उनलाई निलम्बन गरेको थियो ।

स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई बर्खास्त गरिएको हो । असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । ढुंगानाले असोज १७ मा आइतबार स्पष्टिकरण बुझाएका थिए ।

ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा उनलाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स