नेपाल टेलिकमको नाफा घट्यो,अन्य सूचकांक कस्तो ?

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम लिमिटेड) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.८६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४५.३४ प्रतिशत घटेको छ । कम्पनीको कुल आम्दानी १.११ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर ४३ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स