चिरख्वा हाइड्रोपावरको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने

काठमाडौं । चिरख्वा हाइड्रोपावरले भोलिदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि साउन २८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको सेयर गर्न लागेको हो ।

कम्पनीले १०० अंकित दरका कुल ४ लाख कित्ता सेयर स्थानीयका लागि निष्काशन गर्नेछ। यो आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले भोजपुरमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका स्थानीय शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा भदौ १० गते र ढिलोमा भदौ २५ गते बैंकिङ समयपछि हुनेछ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने सेयरमध्ये १० प्रतिशतले हुन आउने ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला गर्नेछ। उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेकाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले भदौ १० गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स