काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले आज साउन २६ गते अन्तिम रहेको हो ।
कम्पनीले साउन २३ गतेदेखि सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो। यस निष्काशनमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।