काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ अंक विन्दुमा आइपुगेको छ ।
आज ५५ लाख ३ हजारको कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०८ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, अभियान लघुवित्तको ९.०९%, सिगंटी हाइड्रोपावरको ७.४९%, स्वेतगंगा हाइड्रोपावरको ६.५५%, नबिल इक्युटी फण्डको ५.६७%, सोल्टी होटलको ५.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, हिमालयन लघुवित्तको ६.५३%, सुपरमादी हाइड्रोपावरको ५.८४%, ग्रिन डेभलपमेन्ट बैंकको ५.२०%, एशियन हाइड्रोपावरको ४.९९% र समता घरेलु लघुवित्तको ४.९८ प्रतिशतले सेयर मूल्य घटेको छ ।