काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बिहीबार, नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ अंक विन्दुमा आइपुगेको छ ।
आज ५५ लाख ३ हजारको कित्ता सेयर २ अर्ब १५ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०८ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ९५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, अपर तामाकोशीको ११ करोड २५ लाख, शिवम् सिमेन्ट्सको ९ करोड ९३ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ८ करोड ४० लाख, साल्ट ट्रेडिङको ६ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।