‘सेबोनमा मेरो कार्यकाल अब धेरै छैन, बाँकी समय अझै केही काम गरेर नै जान्छु’ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सेबोनमा मेरो कार्यकाल अब धेरै बाँकी नरहेको बताएका छन् । बुधबार धितोपत्र ब्रोकर एसोशिएसन नेपालले नयाँ धितोपत्र दलाल व्यवसायीलाई स्वागत गर्न राखिएको कार्यक्रममा बोल्दै हमालले मेरो कार्यकाल धेरै नरहेपनि बाँकी रहेको समयमा अझै केही काम गरेर नै जाने बताएका हुन् ।

‘मैले सरकारसँग अर्को कार्यकालका लागि दोहोरिन कमिटमेन्ट पनि गरेको छैन। त्यसकारण अब फेरि अर्को कार्यकालका लागि म नदोहोरिन पनि सक्छु।’उनले भने, ‘ आफु अर्को कार्यकालका लागि दोहोरिएपनि नेपाली पुँजी बजार विकास र विस्तारमा भने संधै काम गर्ने बताए ।’

हमालले कम्पनीबारे अध्ययन गरेर मात्र सेयरमा लगानी गर्न आग्रह गरेका छन् । उनले वित्तीय साक्षरताको अवस्था कमजोर रहेको बताउँदै बुझ्ने व्यक्तिले मात्र लगानी गर्नु उपयुक्त हुने बताए । उनले भने, ‘आईपीओ खुल्यो भने जति सुकै कमजोर कम्पनी भए पनि ओभरसस्क्राइभ हुने गरेको छ, लगानीकर्ताले अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ ।’

सबै ब्रोकरलाई समान रूपले हेर्ने पनि हमालले बताए । ‘हामीले चाहेको फेयर कम्पिटिसन र लगानीकर्ताले सहज रुपमा सेवा पाउन भन्ने हो,’ उनले भने, ‘अधिकतम कम्पनीलाई बजारमा भित्राउनुपर्छ ।’ इन्टरप्राइजेज विकास हुन बैंकको कर्जाले मात्र सम्भव नहुने पनि उनले बताए ।

उनले सूचीकृत कम्पनीहरु कम रहेको र नयाँ थप्न आवश्यक रहेको बताएका छन् । सूचीकृत कम्पनीको संख्या कम भयो, थप सूचीकृत कम्पनी ल्याउन जरुरी छ, हामी स्वागत गर्न तयार छौैं, जसले बजारको भोलुम पनि बढ्छ, यतिका वर्षसम्म २५० वटा कम्पनी मात्रै पुँजी बजारमा सूचीकृत छन्, यो एकदमै कम हो,’ उनले भने ।

धितोपत्र बोर्डले सबै ब्रोकरहरुलाई समान रुपमा हेर्न आवश्यक रहेको बताएका छन् । ब्रोकर सबल नभएसम्म बजार सबल नहुने हमालले बताए ।

नेपालमा जति पनि कमजोर कम्पनीहरु आएपनि त्यसमा ओभर सब्सक्राइब हुने गरेको उनको भनाई छ । उनले अब ब्रोकर कम्पनीले लगानीकर्तालाई लगानी गर्न पनि सिकाउनु पर्ने बताए । बजारमा कुनै समस्या आयो बोर्डमाथी धारे हात लगाउने प्रवृत्ति हावी भएको बताउँदै त्यस्तो नगर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स