काठमाडौं । बुधबार, नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ अंक विन्दुमा आइपुगेको छ ।
आज ५० लाख १० हजारको कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०० वटा कम्पनीको सेयर मूल्य बढ्दा १८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन लघुवित्तको ९.८३%, सुपरमादी हाइड्रोपावरको ९.७५%, मनकामना स्मार्ट लघुवित्तको ९.५७%, मन्दाकिनी हाइड्रोपावरको ९.३९% र एशियन हाइड्रोपावरको ८.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, सेञ्चुरी डिभेन्चर २०८८ को ९.९९%, लक्ष्मी लघुवित्तको ८.०५%, नेपाल रिपब्लिक मिडियाको ६.६३%, स्वरोजगार लघुवित्तको ६.०७% र एनआईसी एसिया फण्डको ५ प्रतिशतले सेयर मूल्य घटेको छ ।