काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ अंक विन्दुमा आइपुगेको छ ।
आज ५० लाख १० हजारको कित्ता सेयर १ अर्ब ८८ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०० वटा कम्पनीको सेयर मूल्य बढ्दा १८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ५० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ४७ लाख, नेपाल रिपब्लिक मिडियाको ७ करोड ५५ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख, सोल्टी होटलको ५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।