हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँट हुने मिति तय

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा भोलि साउन २५ गते बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले साउन ४ गतेदेखि साउन १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो।

कम्पनीले विदेशमा रहेका नेपालीलाई आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कुल कित्ताको २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स