यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक २८.४० अंकले घटेर २०१९.८५ अंक विन्दुमा आइपुगेको छ ।

आज ४८ लाख ६० हजारको कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ८९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ७८ लाख, एभरेष्ट बैंकको ४ करोड ४३ लाख, सीईडीबी हाइड्रोपावरको ४ करोड १८ लाख, सोल्टी होटलको ४ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स