अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ७.७४ गुणा बढी आवेदन परेको छ । सोमबार साँझ ५ः१२ बजेसम्ममा १३ लाख ४३ हजार २६ आवेदकबाट १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ३२ हजार २१० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको १९ लाख ५३ हजार २७९ कित्ता सेयरको ७.७४ गुणा बढी हो ।

कम्पनीले साउन १८ गतेदेखि आज साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण हुनेछ । जसअनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनाले मात्रै सेयर पाउने देखिन्छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स