काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
सोमबार, नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ अंक विन्दुमा आइपुगेको छ ।
आज ६६ लाख ४७ हजारको कित्ता सेयर २ अर्ब ३३ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४३ करोड ६२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख, सोल्टी होटलको ७ करोड ५७ लाख, एभरेष्ट बैंकको ६ करोड ७१ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।